अमेरिकाद्वारा १२१ नेपालीलाई एकैसाथ डिपोर्ट गर्ने तयारी

आप्रवासन आप्रवासन

अमेरिकी सरकारले आगामी फेब्रुअरी २१ मा १२१ जना नेपाली नागरिकलाई एकैपटक ’डिपोर्ट’ ९देश निकाला० गरी स्वदेश फर्काउने तयारी गरेको छ।

अवैध रूपमा अमेरिका बसोबास गरिरहेका आप्रवासीहरू विरुद्धको कडा नीतिका कारण यो अहिलेसम्मकै ठूलो समूहको डिपोर्टेसन हुने देखिएको छ। पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता नेपालीहरूको डिपोर्टेसन तीव्र भएको छ। गत जनवरी २० मा मात्र ८० जना नेपालीलाई चार्टर्ड विमानमार्फत काठमाडौं ल्याइएको थियो। डिसेम्बरमा पनि ७५ जना फिर्ता गरिएका थिए। डिपोर्ट हुनेहरूमध्ये अधिकांश मेक्सिकोको अवैध बाटो हुँदै ८० लाखदेखि १ करोड रुपैयाँ सम्म खर्चेर अमेरिका पुगेका थिए।

स्वदेश फर्किएपछि उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले सोधपुछ गर्ने गरेको छ। यद्यपि, ठूलो रकम ठगिए पनि कानुनी झमेलाका डरले थोरैले मात्र एजेन्ट विरुद्ध उजुरी दिने गरेका छन्।