आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन लाख रुपैयाँ नाघेको छ। महासंघले सार्वजनिक गरेको दररेट अनुसार छापावाल सुन प्रतितोला ३ लाख ५०० रुपैयाँ कायम भएको छ भने १० ग्राम सुनको मूल्य २ लाख ५७ हजार ६३० रुपैयाँ पुगेको छ।
महासंघका अनुसार चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ५ हजार १० रुपैयाँ र १० ग्राम चाँदी ४ हजार २९५ रुपैयाँ निर्धारण गरिएको छ।
यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँ र चाँदी प्रतितोला ४ हजार ७१० रुपैयाँ रहेको महासंघले जनाएको छ। पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा देखिएको महासंघको भनाइ छ।