प्रतिनिधिसभा निर्वाचनका लागि भारतद्वारा ५८९ सवारीसाधन हस्तान्तरण

आप्रवासन आप्रवासन

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भारत सरकारले नेपाल सरकारलाई सवारीसाधन तथा अन्य सामग्री हस्तान्तरण गरेको छ।

गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले तेसरो चरणको सामग्री हस्तान्तरण गरेका हुन्। कार्यक्रममा गृहमन्त्री, नेपाली सेनाका प्रमुख, नेपाल प्रहरी प्रमुख लगायत उच्च अधिकारीको उपस्थिति थियो।

भारत सरकारले पहिलो चरणमा ६२, दोस्रो चरणमा २५४ र तेस्रो चरणमा २२३ गरी कुल ५८९ सवारीसाधन उपलब्ध गराएको जनाएको छ। साथै सोही अवसरमा नेपाली सेनाका लागि ५० वटा सवारीसाधन पनि हस्तान्तरण गरिएको छ।

निर्वाचन प्रयोजनका लागि आवश्यक सवारीसाधन उपलब्ध गराइदिन गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत भारत सरकारसँग वस्तुगत सहायताको अनुरोध गरेको थियो। सोही अनुरूप भारत सरकारले सहयोग उपलब्ध गराएको हो।