परराष्ट्रमन्त्री खनाल र चिनियाँ राजदूत माओमिङबिच भेटवार्ता

आप्रवासन आप्रवासन

परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि चीनका राजदूत झाङ माओमिङबिच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ। परराष्ट्र मन्त्रालयमा भएको उक्त भेटमा राजदूत माओमिङले चिनियाँ विदेशमन्त्री वाङ यीको तर्फबाट मन्त्री खनाललाई कार्यभार सम्हालेकोमा बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गरेका छन्।

भेटका क्रममा नेपाल र चीनबिचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने र आपसी हितका क्षेत्रमा सहकार्य बढाउने विषयमा विस्तृत छलफल भएको छ। राजदूत माओमिङले नेपालको विकास प्रयासमा चीनको निरन्तर सहयोग रहने प्रतिबद्धता दोहोर्‍याएका छन्। 

सोमबार भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री खनालसँग भेटवार्ता गरेका थिए ।