त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ८ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

आप्रवासन आप्रवासन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो परिमाणमा गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा २२ वर्षीय भारतीय नागरिक अक्षय कुमार रहेका छन्। उनलाई मंगलबार राति विमानस्थल सुरक्षा कार्यालय र लागु औषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।

प्रारम्भिक जाँचका क्रममा उनको साथबाट ८ किलो ५६० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ। उनी थाई एयरको उडानमार्फत बैंककबाट काठमाडौं आएका थिए।

हाल पक्राउ परेका उनीविरुद्ध लागु औषध नियन्त्रण ब्युरोले थप अनुसन्धान अघि बढाएको छ।