राष्ट्रपति ट्रम्पका विशेष दूत गोरलाई प्रधानमन्त्री बालेनले नभेट्ने

आप्रवासन आप्रवासन

नेपाल भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया मामिलाका विशेष दूत सर्जियो गोरलाई प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले नभेट्ने भएका छन् । गोर बिहीबारदेखि तीन दिने नेपाल भ्रमणका क्रममा काठमाडौँ  छन् ।  

भ्रमणका क्रममा उनले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग शुक्रबार भेट्दै छन् । तर प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेट भने नहुने भएको छ । 

‘प्रधानमन्त्रीज्यू, आन्तरिक सुशासनका काममा व्यस्त हुनुहुन्छ’, प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले रातोपाटीसँग भनिन्, ‘गोरसँगको भेटघाट रहेको छैन । हुँदैन ।’

प्रधानमन्त्री शाहले अहिलेसम्म कुनै पनि विदेशी कूटनीतिज्ञहरूसँग एक्लै भेटेका छैनन् । 

चैत १३ गते प्रधानमन्त्रीमा नियुक्तलगत्तै उनले नेपालमा रहेका विदेशी कूटनीतिज्ञहरूसँग सिंहदरबारमा सामूहिक भेट गरेका थिए ।