जुन १४ मा गुन्मामा आयोजना हुने दूतावासको विशेष घुम्ती सेवा

संगम पहरी संगम पहरी

टोकियो, जापान — नेपाली राजदूतावास जापानले गुन्मा केन र आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकहरूलाई लक्षित गर्दै आगामी जुन महिनामा ‘राहदानी तथा कन्सुलर घुम्ती सेवा’ आयोजना गर्ने भएको छ। गैर आवासीय नेपाली संघ (एनआरएनए) जापान र क्षेत्रीय समिति गुन्माको सहकार्यमा आगामी जुन १४ (वि.सं. २०८३ जेठ ३१ गते) आइतबारका दिन सो सेवा प्रदान गर्न लागिएको हो।

स्थान र समय दूतावासद्वारा जारी सूचना अनुसार गुन्मा केनको ओता स्टेसन इनसाइड हल (Ota Station Inside Hall) मा बिहान ९:३० बजेदेखि साँझ ५:०० बजेसम्म सेवा सञ्चालन हुनेछ। दिउँसो १:०० देखि २:०० बजेसम्म भने लन्च ब्रेक रहनेछ।

प्रि–एनरोलमेन्ट बुकिङ अनिवार्य विद्युतीय राहदानी (e-Passport) सेवा लिन चाहने यात्रुहरूले अनिवार्य रूपमा राहदानी विभागको मोबाइल एपमार्फत ‘प्रि–एनरोलमेन्ट बुकिङ’ गर्नुपर्ने व्यवस्था गरिएको छ। जसका लागि आगामी जुन ३ तारिख (जेठ २० गते) बाट बुकिङ खुला गरिनेछ। प्रि–एनरोलमेन्ट बुकिङ नगर्ने व्यक्तिहरूले घुम्ती सेवाबाट लाभ लिन नसक्ने दूतावासले प्रस्ट पारेको छ। यो बुकिङ केवल घुम्ती सेवामा सहभागी हुन चाहनेका लागि मात्र हो।

को–को सहभागी हुन पाउँछन्? १. सन् २०२७ जुन १३ सम्म म्याद सकिने राहदानी भएका वाहकहरू। २. जापानमा जन्मिएका बच्चाको पहिलोपटक राहदानी बनाउनुपर्ने भएमा। ३. राहदानी हराएको, नासिएको वा प्रयोग गर्न नमिल्ने अवस्थामा रहेका नेपाली नागरिकहरू।

आवश्यक तयारी सेवा लिन आउँदा राहदानीको सक्कल र अनलाइन अपलोड गरिएका कागजातहरूको फोटोकपी तोकिएको समयमै अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।

थप जानकारीका लागि सम्पर्क व्यक्तिहरू: घुम्ती सेवालाई व्यवस्थित बनाउन र थप जानकारी लिनका लागि दूतावासले निम्न सम्पर्क व्यक्तिहरूको नामावली सार्वजनिक गरेको छ:

  • राम लाल तामाङ: ०९०-५७३०-१७१०

  • रिदम रोका मगर: ०८०-७४७३-१४५६

  • श्रीधर पन्थी: ०७०-७७७७-०७३७

  • सुस्मिता लामा: ०९०-८००८-७३०७

  • सोनाम राई: ०७०-३५१२-२४७९

  • सरद गिरी: ०७०-८८३०-५७९०

राजदूतावासले टोकियोसम्म धाउनुपर्ने झन्झटलाई कम गर्न आयोजना गरिएको यस अवसरको सदुपयोग गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ।

May be an image of text