जापानमा  बसोबास गर्ने नेपालीहरुको सङ्ख्या बढ्दै

आप्रवासन आप्रवासन

 

 जापानको अध्यागमन विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जापानमा बसोबास गर्ने नेपालीहरूको सङ्ख्या बढेको छ ।हालसम्म  जापानमा बसोबास गर्ने नेपालीहरूको सङ्ख्या ३  लाख बढी नाघेको छ । टोकियोस्थित नेपाली राजदूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार सन् २०२५ को अन्त्यसम्म जापानमा रहेका नेपालीको सङ्ख्या ३ लाख ९९ पुगेको उल्लेख गरेको हो ।  हाल नेपालीहरू रोजगार र पढाइको सिलसिलामा जापन प्रस्थान गर्ने भएकाले पनि नेपालीहरुको सङ्ख्या बढ्न गएको जापनको अध्यागमन विभागले जनाएको छ । 

जापानको अध्यागमन विभागले सार्वजनिक गरेको तथ्याङ्कलाई उद्धृत गर्दै दूतावासले जापानमा रहेका आप्रवासीमध्ये नेपाली समुदाय पाँचौँ स्थानमा रहेको जानकारी समेत दिएको छ । साथै, सन् २०२५ मा जापान प्रवेश गर्ने विदेशीहरूमध्ये सबैभन्दा बढी नेपाली रहेको तथ्याङ्कसमेत उल्लेख गरिएको छ   ।

 यस्तै  यस वर्ष ६७  हजार ५४६ नेपाली जापान प्रवेश गरेका छन् । सोही अवधिमा जापान प्रवेश गर्ने दोस्रो ठुलो समूह इन्डोनेसियाका नागरिक रहेका छन्, जसको सङ्ख्या ६६ हजार २४५ रहेको उल्लेख गरिएको छ ।

दूतावासका अनुसार जापानमा सबैभन्दा बढी चिनियाँ नागरिक रहेका छन् । सन् २०२५ को अन्त्यसम्म चिनियाँको सङ्ख्या ९ लाख ३० हजार २८५ पुगेको छ । त्यसपछि भियतनामी ६ लाख ६७ हजार १००, दक्षिण कोरियाली ४०७ हजार ३४१, फिलिपिन्सका नागरिक ३४८ हजार ५४७ रहेका छन् । नेपाली समुदाय पाँचौँ स्थानमा पुगेको हो ।

दूतावासले पाँच वर्षमै २ लाखभन्दा बढी नेपाली थपिएको उल्लेख गर्दै जापानमा जनशक्ति व्यवस्थापनका विषयमा गम्भीरतापूर्वक विचार गर्न सरकारसँग आग्रह गरेको छ । पत्र कार्यवाहक राजदूत पौडेलले पठाएका हुन् ।