साउदी अरेबिया भई यात्रा गर्ने नेपाली नागरिकहरूका लागि जरुरी सूचना।

आप्रवासन आप्रवासन

वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका नेपालीले अब सचेत भएर मात्रै यात्रा गर्नुपर्ने भएको छ । 
साउदी अरेबियाले लागु गरेको नियम अनुसार वैदेशिक रोजगारीको सिलसिलामा विगतमा साउदी  अरेबियामा काम गरी फर्कनु भएका नेपाली नागरिकहरूले साउदी अरेबियाको बाटो भई तेस्रो मुलुक जान वा तेस्रो मुलुकबाट साउदी अरेबियाको बाटो हुँदै नेपाल फर्कन परेमा, निम्न कुरा सुनिश्चित गरेर मात्र आफ्नो यात्रा तय गर्न  अनुरोध गरिएको छ । 

साउदी अरेबियामा रहँदा आफूले काम गरेको कम्पनी वा रोजगारदाताबाट प्राप्त गर्नुपर्ने एक्जिष्ट र इन्ट्रि क्लियरेन्सको  यकिन गर्ने, यस्तै विगतमा साउदी अरेबिया छोडेकाको कानुनी पक्रिया पूरा भए —नभए‌को, जरिबाना बाकी रहेको वा कम्पनीले फरार कायम गरी नेपाल फर्केको यकिन गर्ने भएको छ । साथै विगतमा साउदी अरबमा रहँदा कुनै जरिवाना जेल वा अन्य कानुनी जटिलता रहँदा एक्जिष्ट  भिसा  प्राप्त गरी नेपाल गएको अवस्थामा हाल केही नेपाली नागरिकहरूले साउदी अरब ट्रान्जिट बनाइ तेस्रो मुलुकमा  जाने क्रममा समस्यामा परेको गुनासो राजदूतावासमा प्राप्त आएका हुँदा साउदी अरेबियाको बाटो  भई तेस्रो मुलुक जान वा तेस्रो मुलुकबाट साउदी अरेबियाको बाटो हुँदै नेपाल फर्कन परेमा यात्रा तय गर्नुअघि साउदी अरब रहँदाको आफ्नो पूर्व कानुनी स्थिति  र सम्पूर्ण कागजात यकिन गरेर मात्र साउदी अरेबिया हुँदै पात्रा गर्नु हुन सम्बन्धित सबैमा  जानकारी  गराइएको छ ।

f10d06e0-e762-4a97-b80a-06c262aa21b0