इरानले गर्‍यो यूएईमाथि मिसाइल र ड्रोन आक्रमण

आप्रवासन आप्रवासन

 

संयुक्त अरब इमिरेट्सले इरानबाट मिसाइल र ड्रोन आक्रमण भइरहेको जनाएको छ । यूएईको रक्षा मन्त्रालयले अरबी भाषामा जारी गरेको वक्तव्यमा देशभरि मिसाइल र मानवरहित हवाई साधन (यूएभी) विरुद्ध प्रतिकारात्मक कारबाही जारी रहेको जानकारी दिएको हो । 

मन्त्रालयका अनुसार शुक्रबार बिहान देशका विभिन्न क्षेत्रमा विस्फोटजस्ता आवाज सुनिएको थियो । सुरक्षा निकायहरूले सर्वसाधारणलाई शान्त रहन र सम्बन्धित निकायबाट जारी गरिएका सुरक्षा निर्देशनहरू पालना गर्न आग्रह गरेका छन् ।

यसअघि अप्रिल ९ मा अमेरिका–इरान युद्धविराम सुरु भएसँगै यूएईले आफ्नो हवाई क्षेत्र सुरक्षित रहेको घोषणा गरेको थियो । तर त्यसपछि पनि यूएईले इरानबाट आएका आक्रमणहरू अवरोध गर्दै आएको बताइएको छ । पछिल्ला दुई महिनामा इरानबाट भएका आक्रमणमध्ये सबैभन्दा धेरै आक्रमण यूएईले सामना गरेको जनाइएको छ ।