डेढ घण्टापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि यात्रुलाई राहत, तस्बिरहरू

आप्रवासन आप्रवासन

टर्किस एयरलाइन्सको विमानको चक्कामा आगलागी भएपछि बन्द भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल डेढ घण्टापछि सञ्चालनमा आएको छ ।

9e097491-a92e-4b37-8ab4-b2af36f2a0f7

आज बिहान टर्कीको इस्तानबुलबाट आएको टिके ७२६ नम्बरको विमानको अवतरण गर्ने क्रममा चक्कामा आगलागी भएको थियो 

5556f071-8dfb-410f-9a9b-e661dc28b274

विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार आज बिहान ६ः४५ बजेदेखि बन्द भएको विमानस्थल करिब डेढ घण्टापछि सञ्चालनमा आएको हो । बिहान ८ः३० बजे एयर इन्डिया र ८ः३५ बजे फ्लाइ दुवई अवतरण गरिसकेका छन् भने केही विमानले उडान पनि भरिसकेका छन् 

6836165a-c3b7-409b-9e31-e635a7ea4227

विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार चक्कामा लागेको आगो दमकलको सहायतामा निभाइएको थियो । विमानलाई रनवेमै रोकेर आपतकालीनद्वारबाट यात्रुहरुको उद्धार गरिएको थियो । विमानमा २७३ यात्रु र ११ जना चालक दलका सदस्य रहेको उनको भनाइ छ ।

a9769b11-3c60-4029-85b4-58eeb0db9443b11dc128-1c22-482e-8e50-bad10cb6d972