चीनको सरकारी समाचार संस्था सिन्हवाका अनुसार दुई नेताले पश्चिम एसियाको परिस्थिति लगायत प्रमुख अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा विचार आदानप्रदान गरे । साथै रुस–युक्रेन युद्धबारे पनि उनीहरूबिच कुराकानी भएको बताइएको छ । विशेषगरी अमेरिका–इजरायल र इरानबिच जारी तनाव तथा युद्धबारे यो भेटघाट महत्त्वपूर्ण मानिएको छ ।
विश्लेषकहरूका अनुसार ट्रम्पले सिलाई इरानमाथि प्रभाव प्रयोग गरेर युद्ध अन्त्यतर्फ सहयोग गर्न आग्रह गरेको हुनसक्ने अनुमान गरिएको छ । चीन इरानको निकट सहयोगी राष्ट्र हो । उ इरानी तेलको मुख्य खरिदकर्ता पनि हो ।