अमेरिकी अवरोध सहेर इराकी तेल बोकेको सुपरट्याङ्कर भियतनाम हिँड्यो

आप्रवासन आप्रवासन

 

अमेरिकी नौसेनाले पाँच दिनसम्म ओमानको खाडी क्षेत्रमा रोकेपछि इराकी कच्चा तेल बोकेको सुपरट्याङ्कर एगियोस फ्यानोरियस प्रथम पुनः भियतनामतर्फ प्रस्थान गरेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले एलएसईजीको जहाज आवागमनसम्बन्धी तथ्याङ्कलाई उद्धृत गर्दै उक्त जानकारी दिएको हो ।

माल्टाको झन्डा बोकेको उक्त विशाल तेलवाहक जहाज मे १० मा स्ट्रेट अफ होर्मुज पार गरेर ओमानको खाडी क्षेत्रमा पुगेको थियो । त्यसपछि मे ११ मा जहाजले अचानक दिशा परिवर्तन गर्दै यु–टर्न लिएको थियो । तथ्यांकअनुसार जहाजले मे १६ बाट पुनः भियतनामतर्फ यात्रा सुरु गरेको हो ।

उक्त जहाज मे ३० मा सन् रिफाइनरी पुग्ने अपेक्षा गरिएको छ, जहाँ इराकी कच्चा तेल झारिनेछ । अमेरिकी सेनाको मध्य कमान्ड (सेन्टकम)ले गत साता उक्त जहाजलाई इरानविरुद्ध जारी नाकाबन्दी कार्यान्वयनका क्रममा पुनः मार्ग परिवर्तन गर्न लगाइएको जनाएको थियो ।