साउदीमाथिको ड्रोन आक्रमणको कुवेत र कतारद्वारा निन्दा

आप्रवासन आप्रवासन

 

कुवेत र कतारले साउदी अरबमाथि भएको ड्रोन आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् । 

साउदी अधिकारीहरूका अनुसार ती ड्रोनहरू इराकी हवाई क्षेत्रबाट आएको बताइएको छ । कुवेतले उक्त घटना मार्चमा खाडी क्षेत्रको पूर्वाधार सुरक्षाका लागि पारित संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को प्रस्ताव २८१७ को उल्लङ्घन भएको जनाएको छ ।

 साथै साउदी अरेबियाले अपनाएका सुरक्षा उपायप्रति आफ्नो समर्थन रहेको पनि दुवैले स्पष्ट पारेका छन् । कतारले घटनालाई अस्वीकार्य आक्रमण भन्दै साउदी अरेबियाको सार्वभौमसत्तामाथिको प्रत्यक्ष उल्लङ्घन भएको जनाएको छ ।  दुवै देशले रियादप्रति पूर्ण ऐक्यबद्धता व्यक्त गर्दै साउदी भूभाग र नागरिकको सुरक्षाका लागि आवश्यक कुनै पनि कदमलाई समर्थन गर्ने बताएका छन् । यसअघि साउदी अरेबियाले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले तीनवटा शत्रुतापूर्ण ड्रोन खसालेको घोषणा गरेको थियो ।