बेलायतमा नेपाली युवाको निधन, शव नेपाल ल्याउन सहयोगको अपिल

आप्रवासन आप्रवासन

यो लिंकमा गएर सक्दो सहयोग गर्न सक्नुहुन्छ !
हालै बेलायतमा निधन भएका युवा सुशील पौडेलको शव नेपाल ल्याउन सहयोग गर्न उनको परिवारले आग्रह गरेको छ।

लन्डनस्थित द ड्यानिस वाइएमसीएमा बस्दै आएका २६ वर्षीय पौडेलको हालै दुःखद निधन भएको हो । उनको निधनबारे गत अप्रिल २८ तारिखमा प्रहरीमा रिपोर्ट गरिएको थियो। उक्त घटनाबारे हाल कोरोनरको कार्यालयमार्फत अनुसन्धान प्रक्रिया जारी छ। स्व सुशील पौडेलकी आमा श्रीमती यशोदा पौडेलले सम्बन्धित निकाय, कानुनी टोली तथा सरोकारवालाहरूसँग समन्वय गरी आफ्नो छोराको शव नेपाल ल्याउन सहयोग गरि दिन आग्रह गरेकी छिन्।


स्व  सुशीलका पिता देवराज पौडेलको तीन वर्षअघि नै निधन भइसकेको थियो। सुशील नै परिवारको एकमात्र आर्थिक आधार थिए । उनको निधनको खबरपछि आमा यशोदा पौडेल गम्भीर मानसिक तनाव तथा प्यानिक अट्याकबाट पीडित भएको उनको पारिवारिक सूत्रले जनाएको छ । यस दुःखद घडीमा सम्बन्धित सबै निकाय, नेपाली समुदाय तथा सहयोगी मनहरूबाट सक्दो सहयोग र सहकार्यका लागि एनआरएनए यूकेले अपिल गरेको छ।