कोरियामा पासपोर्ट घुम्ती शिविर

कोरियाको थेजनमा पासपोर्ट नवीकरण घुम्ती शिविर हुँदै

आप्रवासन आप्रवासन

कोरियाको थेजनमा पासपोर्ट नवीकरण शिविर तथा श्रमिक सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ । कोरियास्थित नेपाली दूतावासले एक सूचना जारी पासपोर्ट नवीकरण शिविरबारे जानकारी गराएको हो ।

शिविर आगामी अप्रिल २० मा कोरियाको थेजनमा हुने छ ।  पासपोर्ट नवीकरणका लागि पुरानो पासपोर्ट र नेपाली नागरिकताको प्रतिलिपि साथै लैजानुपर्ने छ ।

सेवाका लागि प्रचलित सरकारी दस्तुरबाहेक अन्य कुनै अतिरिक्त शुल्क लाग्ने छैन । 

शिविरमा जानेले अनिवार्य रूपमा  फाराम भरी क्युआर कोड प्राप्त गरेको हुनुपर्ने छ । प्राप्त क्युआर कोड सम्पर्क व्यक्तिलाइ पठाउन पनि सुचनामा भनिएको छ ।

पासपोर्ट नवीकरणबाहेक अन्य सेवा लिन इच्छुक नेपालीहरूले आवश्यक कागजात राजदूतावासको ठेगानामा पोस्टमार्फत पठाउन सक्ने सूचनामा उल्लेख गरिएको छ । 

सम्पर्क व्यक्तिहरु :

देवेन्द्र शर्मा, सल्लाहकार: ०१०–६४१२–४१७६

रमेश थापा मगर, अध्यक्ष: ०१०–७५२७९०८१ म सम्पर्क गर्न सकिने छ ।