पोर्चुगलले वर्किङ भिसा

पोर्चुगलले विदेशी कामदारलाई २० दिन भित्र वर्किङ भिसा जारी गर्ने

आप्रवासन आप्रवासन

पोर्चुगलले विदेशी कामदारको वर्किङ भिसाको आवेदनलाई द्रुत गतिमा अघि बढाउने भएको छ । पोर्चुगलले विदेशी कामदारको आवेदन पक्रियालाई २० कार्य दिन भित्रै टुङ्गाउने भएको हो ।

पोर्चुगिज अधिकारीहरू र रोजगारदाताहरूको सङ्गठन बिच ‘फास्ट ट्र्याक अग्रिमेन्ट’मा हस्ताक्षर भएको छ ।  जसमार्फत वर्किङ भिसाको पक्रिया अब सहज हुने बताइएको छ ।

योसँगै कम्पनीहरूलाई द्रुत प्रक्रिया मार्फत विदेशी कामदारहरूलाई भर्ना गर्न समेत सक्ने छन् । यद्यपि, रोजगारदाताले विदेशी कामदार ल्याउँदा वैध रोजगार सम्झौता, उपयुक्त आवास सुविधाको प्रमाण र आवश्यक परेमा तालिम प्रदान गर्ने प्रमाण पेस गरेको हुनुपर्ने छ।

पोर्चुगलको श्रम बजारमा कामदारको अभाव छ । पोर्चुगलको सरकारका अनुसार अर्थतन्त्रलाई टिकाइरहन वार्षिक ५० हजारदेखि १ लाख विदेशी कामदारको आवश्यकता छ ।  जसले गर्दा पछिल्लो समय पोर्चुगलले नेपालीसहित विदेशी कामदार भित्र्याउन थालेको छ ।

तर पोर्चुगलमा वर्किङ भिसा पाउन महिनौँसम्म कुर्नुपर्ने बाध्यता छ । यस अवस्थाको स्थानीय रोजगारदाताहरूले विरोध गर्दै आएका थिए ।

पोर्चुगलमा २१ हजार नेपालीसहित ४ लाख ९५ हजार विदेशी कामदार कार्यरत छन् ।