काठमाडौँ । सरकारले विभिन्न तीन मुलुकमा रहेका नेपाली दूतावास खारेज गर्ने निर्णय गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट वक्तव्य वाचन गर्ने क्रममा बदलिँदो आर्थिक कूटनीतिलाई मध्यनजर गर्दै डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकामा रहेका नेपाली दूतावास बन्द गर्ने घोषणा गरेका हुन् ।
उनले चीनको छङ्दु, अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावास तथा भारतको विशाखापट्टनममा रहेको दूतावासको शाखा पनि खारेज गरिएको जानकारी गराए ।