युद्ध अन्त्य भएपनि पेट्रोलियम पदार्थसहितको मूल्यवृद्धि सामान्य हुन महिनौँ लाग्ने

आप्रवासन आप्रवासन

 

 

युद्ध अन्त्य गर्ने अमेरिका–इरान प्रारम्भिक सम्झौतापछि पनि पेट्रोलियम पदार्थसहितको मूल्यवृद्धि सामान्य हुन महिनौँ लाग्ने प्रक्षेपण गरिएको छ ।

बन्दरगाहमा देखिएको अवरोधका साथै उत्पादनकर्ताहरूले उत्पादन बढाउन पनि समय लाग्ने भएकाले मूल्य सामान्य हुन समय लाग्ने भएको हो । साथसाथै गर्मी मौसममा हुने उच्च मागका कारण पनि विश्व बजारमा इन्धन मूल्य केही समय उच्च नै रहने अनुमान गरिएको विज्ञहरूको भनाइ छ ।

हाल युद्धका कारण तेल उत्पादन घटेको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार दैनिक १.४ करोड ब्यारेल अर्थात् विश्व मागको करिब १४ प्रतिशत उत्पादन बन्द भएको छ । पोस्ट ओक ग्रुप इन्भेस्टमेन्ट बैंक मेनेजिङ डाइरेक्टर जो डिलका अनुसार उत्पादन पुनः सुरु हुन समय लाग्नेछ ।

‘मेरो अनुमान अनुसार गर्मीभरि माग उच्च रहनेछ र पेट्रोल मूल्य युद्धअघि जस्तो हुन सेप्टेम्बर वा अक्टोबरसम्म लाग्न सक्छ,’ उनले भने । राइस विश्वविद्यालयका राजनीति विज्ञान प्राध्यापक मार्क जोन्सका अनुसार धेरै उत्पादकहरू युद्ध विराम स्थिर नभएसम्म पूर्ण उत्पादन सुरु गर्न हिचकिचाउन सक्छन् ।

सम्झौताअनुसार दुई देशबिच ६० दिनको वार्ता अवधि छुट्याइएको छ ।

‘धेरै उत्पादकहरू उत्पादन पुनः सुरु गर्दा ठुलो लागत लाग्ने र फेरि द्वन्द्व सुरु भएमा पुनः बन्द गर्नुपर्ने जोखिम हुने भएकाले, युद्ध विराम स्थिर नभएसम्म पर्खिन सक्छन्,’ उनले भने ।

उत्पादन पुनः सुरु हुने गति युद्धका क्रममा भएको क्षतिमा पनि निर्भर हुन्छ । बन्द गरिएका केही रिफाइनरी ४०–६० दिनभित्र ९५ प्रतिशत क्षमतामा फर्कन सक्छन् भने क्षति भएका संरचनाको पुनर्निर्माण गर्न  धेरै लामो समय लाग्न सक्छ, भिटोल बहरेनका अनुसन्धान प्रमुख बदर नुरुद्दिन बताउँछन् ।

तर सबैभन्दा ठुलो बाधा बन्दरगाहमा हुने अवरोध हुन सक्ने डिलको भनाइ छ । ‘ढुवानी क्षमतामा ढिलाइ छ । शिपिङ क्षमता नै सबैभन्दा ठुलो अवरोध हो,’ उनले भने ।

हाल ५०० भन्दा बढी जहाजहरू मार्गको प्रतीक्षामा रहेको केपलरको तथ्याङ्कले देखाउँछ । जहाजहरू विभिन्न गन्तव्यमा पुग्न, डक गर्न र सामान अनलोड गर्न हप्ता लाग्नेछ ।

यसले खाली जहाजहरू पुनः लोडिङका लागि बन्दरगाहमा प्रतीक्षामा रहनुपर्ने अवस्था पनि सिर्जना गर्छ । नर्वेको वलिनियस विल्हेल्मसेन र डेनमार्कको मर्क्सले आफ्नो मध्यपूर्व सञ्चालनमा परिवर्तन नगरेको बताएका छन् । युद्धका स्ट्र दैनिक १० जहाज मात्र गुज्रिएका थिए, जबकि सामान्य अवस्थामा १३५ जहाज पार गर्छन् । जोन्सका अनुसार तेल ट्याङ्करहरू गन्तव्यमा पुग्न र फर्किन महिनौँ लाग्छ, त्यसैले युद्धअघिको अवस्था फर्किन शरद ऋतुसम्म पर्खनुपर्ने हुन सक्छ ।

यसैबिच अमेरिकी रणनीतिक भण्डार १९८३ यताकै न्यूनस्तरमा पुगेको छ भने युद्ध सुरु भएयता १८ प्रतिशतले घटेको छ ।

डिलका अनुसार गर्मीभरि भण्डार पुनः भरिँदा मूल्य उच्च नै रहन सक्छ । जेट इन्धनको मागले पनि अमेरिकी यात्रु बजारमा दबाब सिर्जना गर्नेछ । ‘युद्धका कारण एयरलाइन्सको तालिका र गर्मीको माग अनुमान गर्न नसकिने बनाएको छ,’ उनले भने ।

 युनाइटेड एयरलाइन्सका सीईओ स्कट कर्बीले गत अप्रिलमा इन्धन मूल्य बढ्दा हवाई भाडा २० प्रतिशतसम्म बढ्न सक्ने बताएका थिए ।

खाद्य मूल्यमा असर

मूल्य वृद्धिले खाद्य बजारलाई पनि असर पारेको छ । हालको उपभोक्ता मूल्य सूचकाङ्क अनुसार अमेरिकामा वार्षिक मुद्रास्फीति ४.२ प्रतिशत पुगेको छ । इन्धन मूल्य मुख्य कारण भए पनि यसको असर किराना पसलसम्म पुगेको छ । विश्वको आधा जति युरिया मल उत्पादन खाडी क्षेत्रमा हुन्छ भने होर्मुज मार्गबाटै ढुवानी हुन्छ । 

यसले किसानका लागि मल महँगो बनाएको छ । जोन्सका अनुसार खाद्य मूल्य घट्ने सम्भावना कम छ । ‘धेरै रिटेलर र थोक विक्रेताले मूल्य यथावत् राख्न सक्छन् वा बिक्री दबाब आए मात्र घटाउँछन्,’ उनले भने ।

‘पेट्रोल जस्तो होइन, जसको मूल्य कच्चा तेलसँगै घटबढ हुन्छ । अन्य धेरै वस्तुहरूको मूल्य युद्धपछि पनि पुरानो स्तरमा फर्कने सम्भावना कम हुन्छ,’ उनले भने । उनका अनुसार महामारीको समयमा पनि आपूर्ति शृङ्खला अवरुद्ध हुँदा मूल्य बढेको थियो भने पछि पनि उच्च नै रह्यो ।

सन् २०२४ मा अमेरिकी सङ्घीय व्यापार आयोगले गरेको अनुसन्धान प्रतिवेदनले महामारीपछि आपूर्ति सुधार भए पनि किराना मूल्य उच्च नै राखिएको निष्कर्ष निकालेको थियो । ‘केही किराना उद्योगका कम्पनीहरूले लागत वृद्धिलाई नाफा बढाउने अवसरका रूपमा प्रयोग गरेको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

अमेरिका समेत मूल्यवृद्धिको मारमा

हालै भएको अमेरिका–इजरायल प्रारम्भिक सम्झौतालगत्तै होर्मुज जलसन्धि पुनः खुल्ने आशासहित तेलको मूल्य तीन महिनायताकै न्यून स्तरमा झरेको छ । तर रिपोर्टका अनुसार, अमेरिकी उपभोक्ताले पेट्रोल पम्पमा ठुलो राहत पाउन अझै महिनौँ लाग्न सक्छ । 

यो रणनीतिक जलमार्ग बन्द हुँदा तीन महिनाभन्दा बढी विश्व ऊर्जा बजार प्रभावित भयो । यसकै कारण विश्वको करिब एक–पाँच भाग तेल र तरल प्राकृतिक ग्यास ढुवानी हुने प्रमुख मार्ग अवरुद्ध भएको थियो ।

आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलसन्धि खुल्नेबित्तिकै मूल्य ‘स्वात्तै तल झर्ने ’ बताएका थिए । उनले पछिल्ला केही सातामा यो दाबी पटक–पटक दोहोर्‍याउँदै आएका छन् । तर विज्ञहरूका अनुसार ट्रम्पले भनेजस्तो मूल्य तुरुन्तै घट्ने सम्भावना कम छ ।

एसियाली बजारहरू होर्मुज मार्गमा निर्भर भए पनि उत्तर अमेरिकी बजारमा पनि आपूर्ति सीमित हुँदा र माग स्थिर रहँदा विश्वव्यापी रूपमा मूल्य बढेको छ । सोमबार अमेरिकामा पेट्रोल मूल्य औसत ४.०६ डलर प्रति ग्यालन (३.७८ लिटर) रहेको अमेरिकन अटोमोबाइल एसोसिएसन (एएए) ले जनाएको छ । यो मे महिनाको सुरुको उच्च ४.४८ डलरभन्दा केही घटेको हो ।

फेब्रुअरी २८ मा जब अमेरिका र इजरायलले इरानसँग पहिलो पटक युद्ध सुरु गरेका थिए, मूल्य २.९८ डलर प्रति ग्यालन थियो । 

अमेरिकामा ऊर्जा मूल्य पछिल्ला महिनाहरूमा तीव्र रूपमा बढेको छ । श्रम विभागको तथ्याङ्क अनुसार, पछिल्ला दुई महिनामा मात्र ७.७ प्रतिशत वृद्धि र एक वर्षअघिको तुलनामा ४० प्रतिशत वृद्धि ।

तर पछिल्ला दिनहरूमा मूल्य घट्न थालेको छ, जुन अमेरिका र तेहरानबिच वार्ता सुरु भएपछि देखिएको हो । विश्लेषणका अनुसार अमेरिका र इरानबीचको सम्भावित सम्झौताले आउँदो दुई–तीन दिनमै मूल्य अझ घट्ने बाटो खोल्न सक्छ ।

तर उनका अनुसार मूल्य स्थिर रहने सम्भावना छ । युद्ध विराम भए पनि २०२७ भन्दा पहिले पूर्वस्तरमा नफर्किन सक्छ । ‘विश्व तेल भण्डारण पूर्वस्तरमा फर्किन धेरै महिना, सम्भवतः एक वर्षभन्दा बढी समय लाग्न सक्छ,’ उनले भने ।

आपूर्ति शृङ्खलामा दबाबका बिच उत्पादन बढाउन पनि समय लाग्नेछ । बन्दरगाहमा अवरोध र गर्मीको यात्रा मौसममा बढ्ने मागले उपभोक्तालाई तत्काल राहत दिन विलम्ब हुन सक्छ । जोन डिलले भने, ‘मूल्य घट्न ढिलाइ गर्ने केही कारकहरू छन् । धेरै संस्था र कम्पनीहरूले आफ्नो भण्डार पुनः भरिरहेका छन् (जस्तै अमेरिकी रणनीतिक पेट्रोलियम भण्डार) र पछिल्ला महिनामा रोकिएका सम्झौताहरू पूरा गर्नुपर्नेछ ।’