जुन २८ मा अबुधाबीस्थित नेपाली दूतावासमा राहदानी नवीकरण सेवा

आप्रवासन आप्रवासन

यूएई स्थित नेपाली राजदूतावासमा रहेका नेपाली नागरिकलाई लक्षित गर्दै आगामी २८ जुन २०२६ आइतबार राहदानी नवीकरण तथा खुला श्रमिक संवाद कार्यक्रम सञ्चालन गर्ने भएको छ।

दूतावासका अनुसार कार्यक्रम बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म दूतावास परिसरमा सञ्चालन हुनेछ। कार्यक्रममा राहदानी नवीकरण, कागजात प्रमाणीकरण तथा वैधानिकीकरण अथात नयाँ श्रम स्वीकृति सम्बन्धी सेवा प्रदान गरिने भएको छ ।

विशेषगरी अबुधाबी इमिरेट्समा बसोबास गर्ने र डिसेम्बर २०२६ सम्म राहदानीको म्याद समाप्त हुने नेपाली नागरिकलाई राहदानी नवीकरणसम्बन्धी अत्यावश्यक सेवा उपलब्ध गराइने दूतावासले जनाएको छ।

त्यसैगरी, यूएईमा कार्यरत नेपाली श्रमिक तथा अन्य नागरिकले कार्यक्रममा सहभागी भई कन्सुलर सेवासम्बन्धी समस्या, जिज्ञासा र सुझाव प्रत्यक्ष रूपमा राख्न सक्नेछन्। श्रम स्वीकृति, वैधानिकीकरण तथा अन्य श्रमसम्बन्धी विषयमा पनि छलफल गरिने दूतावाले जनाइएको छ।

दूतावासका अनुसार यूएईमा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई उपलब्ध सेवाको लाभ लिन तथा आफ्ना गुनासा र सुझाव प्रस्तुत गर्न समेत आग्रह गरेको छ।

727434183_1374230608100302_1862476740720509835_n