पोर्चुगलमा पिआर

पोर्चुगलले फेर्‍यो पिआर आवेदन सम्बन्धी नियम

आप्रवासन आप्रवासन

पोर्चुगलले रेसिडेन्स पर्मिट,पिआर आवेदन सम्बन्धी व्यवस्थामा हेरफेर गरेको पोर्चुगलको एजेन्सी फर इन्ट्रिग्रेसन, माइग्रेसन एन्ड असाइलमले आवश्यक सबै कागजातहरू पेस नगरी पिआर प्राप्ति नवीकरणका आवेदन स्वीकार गर्न बन्द गरेको हो।

अब सबै कागजात पूर्ण रूपमा पेस गर्ने आवेदकको मात्र पिआर प्राप्ति वा नवीकरणको पक्रिया अघि बढ्ने

पोर्चुगलमा पिआर पाउन वा नवीकरण गराउन वैध पासपोर्ट, वैध भिसा वा अस्थायी बसोबास अनुमतिको प्रमाण, पर्याप्त आम्दानीको प्रमाण आवासको प्रमाणपत्र जस्ता कागजात आवश्यक पर्छन्

यस्तै, आपराधिक रेकर्ड नभएको चारित्रिक प्रमाणपत्रसँगै रोजगारी वा अध्ययनको प्रमाण जस्ता थप कागजातहरू आवश्यक पर्न सक्छन् तर आवेदकहरूले सम्पूर्ण कागजात बिनै पिआर आवेदन दिने क्रम बढेपछि पछिल्लो निर्णय आएको हो

पोर्चुगलमा ठुलो सङ्ख्यामा नेपालीहरू छन् धेरै जना पिआर पाउन सहज हुन्छ भन्ने हेतुले त्यहाँ पुग्ने गरेका छन् पछिल्लो नियमले त्यहाँ रहेका नेपालीलाई समेत असर पर्ने देखिन्छ

गत सेप्टेम्बरसम्मको तथ्याङ्कअनुसार पोर्चुगलमा वैध हैसियतमा २९ हजार ९७२ जना नेपाली छन् यो पोर्चुगलमा रहेका कुल आप्रवासीको जनसङ्ख्याको दशमलव प्रतिशत आठौँ सर्वाधिक हो