सेन्जेन सदस्य

साइप्रस चाँडै सेन्जेन सदस्य बन्ने सम्भावना

आप्रवासन आप्रवासन

साइप्रसले सेन्जेन क्षेत्रको सदस्यता लिन आवश्यक सर्तहरू पूरा गर्ने दिशामा महत्त्वपूर्ण प्रगति गरेको छ । युरोपियन युनियनको आन्तरिक मामिला कमिसनका अनुसार साइप्रसले सीमा प्रबन्ध, आप्रवासन नियन्त्रण र सुरक्षासम्बन्धी कामहरूमा उल्लेखनीय सुधार गरेको छ ।

कमिसनका अनुसार सन् २०२१ देखि २०२७ सम्मको अवधिका लागि साइप्रसलाई २९२ मिलियन युरोभन्दा बढी सहयोग रकम प्रदान गरिएको छ । यस सहयोगमार्फत साइप्रसले सीमामा निगरानी र सुरक्षा मजबुत बनाएको छ ।

उसले समुद्री सीमामा निगरानी क्षमतामा सुधार गर्न ३० मिलियन युरो लगानी गरेको छ । यस्तै आप्रवासीहरूको लागि आगमन र प्रस्थान केन्द्रहरू बनाउन ६.७ मिलियन युरो खर्च गरेको छ । सूचना प्रणाली लगायत डिजिटल प्रणालीहरू बलियो बनाउन ९.९ मिलियन युरो प्रयोग गरिएको छ।

साइप्रस एक पर्यटकीय देश हो र अर्थतन्त्र पर्यटन उद्योगमा आधारित छ । त्यसैले पर्यटन प्रवर्द्धन गर्न आवश्यक भन्दै साइप्रसले लामो समयदेखि सेन्जेन सदस्य बन्न लबिङ गरिरहेको छ ।

 

सन् २००४ देखि युरोपेली सङ्घको सदस्य रहँदै आएको भए पनि साइप्रस सेन्जेन सदस्य भने बन्न बाँकी नै छ । त्यसैले सन् २०२५ भित्रै सेन्जेन सदस्यताका प्राप्त गर्न गरी साइप्रसले तयारी व्यापक बनाएको हो । साइप्रसमा नेपालीहरू समेत कामका लागि जाने गरेका छन् । साइप्रस सेन्जेन राष्ट्र बनेको खण्डमा त्यहाँ रहेका नेपालीलाई समेत लाभ पुग्ने छ ।