नेपाली नागरिकका लागि Temporary Protected Status (TPS) को अवधि २०२५ डिसेम्बर २४ सम्म स्वतः लम्बिएको छ । TPS नियमअनुसार, यदि Department of Homeland Security ले TPS को म्याद सकिनु ६० दिनअघि कुनै निर्णय गर्दैन भने त्यो स्वतः ६ महिनाका लागि लम्बिन्छ ।
यद्यपि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सूचना म्याद स्वत थपिएको सूचना जारी गरेको छैन ।
टीपीएसको अवधि स्वतः थपिँदा वर्क परमिटलगायतका कागजातको अवधि पनि स्वतः नै थपिन्छ। यद्यपि नयाँ मितिसहितको वर्क परमिट आवश्यक पर्ने नेपाली टीपीएसवाहकले युएससीआईएसले सूचना प्रकाशित गरिसकेपछि जुन २४ पछि वर्क परमिटका लागि आवेदन दिन सक्नेछन् ।
हाल अमेरिकामा झन्डै साढे ७ हजार नेपालीहरू टीपीएसमा रहेका छन्। सुरुमा झन्डै १५ हजारले टीपीएस लिए पनि अमेरिकामा टीपीएस छाडेर अरू स्टाटसमा जाने नेपालीहरूको संख्या उल्लेख्य रहेको छ।
विगतमा टीपीएसमा रहेका नेपालीको संख्या १४ हजार ७ सय ९१ रहेकोमा अहिले झन्डै आधाले कमी आएको छ ।