ओमानमा विद्युतीय राहदानी सेवा सुचारु

आप्रवासन आप्रवासन

काठमाडौँ । ओमानस्थित नेपाली राजदूतावासले मस्कटमा १३ जुलाई २०२६ देखि नै विद्युतीय राहदानी सम्बन्धी सेवा सुचारु भइसकेको जानकारी दिएको छ । दूतावासले बुधबार सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । 

दूतावासको सूचनामा एक वर्षभन्दा कम राहदानीको अवधि बाँकी रहेका नेपाली नागरिकले फारम भरी अपोइन्टमेन्ट लिएर वा सिधै राजदूतावासमा आएर राहदानी नवीकरण गर्न सक्ने जनाएको छ । 

सेवाग्राहीको चाप तथा आवश्यकताअनुसार आगामी दिनमा बिदाको दिन पनि राहदानी सम्बन्धी सेवा प्रवाह गरिने दूतावासले जनाएको छ । साथै फारम भर्न तथा समय बुक गर्न नजान्नेहरूलाई समेत राजदूतावासले आफै फारम भरिदिई सेवा प्रवाह गरी फारम नभरेकै कारणले फिर्ता नगरेको पनि दूतावासको भनाइ छ ।