जापान जान टीबीको परीक्षण

अब जापान जान टीबी रोगको परीक्षण अनिवार्य

आप्रवासन आप्रवासन

के जापान जाने तयारीमा हुनुहुन्छ, ?

अनि यही जुन महिना पछि जापानमा प्रवेश अनुमति सीओई आवेदन दिन लागिरहनुभएको छ भने अलि चनाखो हुनुपर्ने देखिएको छ । जापान सरकारको मेडिकल जाँच सम्बन्धी नयाँ प्रावधानबारे यो भिडियोमा जानकारी गराउँदै छौ ।

जापान सरकारले २०२४ अन्त्यबाटै पहिलो चरणमा नेपालसहित फिलीपिन र भियतनाम गरी तीन देशका लागि जापान प्रवेश गर्दा क्षयरोग अर्थात् टीबी रोगको परीक्षण अनिवार्य गरेको छ । जसमा कम्तीमा ३ महिनाका लागि जापान जानेले टीबी रोगको परीक्षण गर्नुपर्ने हुन्छ ।

यदि तपाई २०२५ जुन २३ तारीखबाट जापानमा प्रवेश अनुमति सीओई आवेदन दिनुहुन्छ वा नेपालमा रहेको जापानीज दूतावासमा भिसा आवेदन दिनुहुन्छ भने अनिवार्य टीबी रोग मुक्त प्रमाणपत्र पेस गर्नु पर्नेछ । दोस्रो चरणमा रहेका देशहरूमा म्यानमार, इन्डोनेसिया र चिन रहेका छन् भने उक्त देशहरूमा कहिलेबाट परीक्षण सुरु गरिने भन्ने मिति तय भई सकेको छैन ।

टीबी परीक्षणका प्रकियाहरु

१.जापान सरकारबाट तोकिएको ठाउँमा गै एक्स-रे र अन्य परीक्षण गर्ने ।

२.टीबी रोग नभएको अवस्थामा डाक्टरबाट निरोगीताको प्रमाणपत्र लिने ।

. म्याद कायम रहेको राहदानी

४. आवश्यक शुल्क आवेदकले तिर्नुपर्ने 

.आवश्यक चिकित्सकको सङ्ख्या अनुसार प्रमाणपत्र निस्कने दिन फरक हुन सक्छ ।

६.आवेदकले प्रमाणपत्र जापान आइसकेपछि पनि पेस गर्नु पर्ने भएकाले वैधानिक प्रतिलिपि राख्नुपर्नेछ ।