अमेरिका र साउदी अरेबियाको संयुक्त हवाई आक्रमणमणबाट इराकमा २० जनाको मृत्यु

आप्रवासन आप्रवासन

काठमाडौँ । पश्चिम एसियामा जारी युद्ध थप चर्किँदै जाँदा अमेरिका र साउदी अरेबियाले इराकका सात प्रान्तमा गरेको संयुक्त हवाई आक्रमणमा कम्तीमा २० जना इराकी लडाकु मारिएका छन् । ३२ जना घाइते भएका छन्।

यसैबीच, केही दिनयताको तुलनात्मक शान्तिपछि इरानले जोर्डनस्थित अमेरिकी सैन्य अड्डालाई लक्ष्य गरी क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ। जोर्डनको सेनाले भने बुधबार बिहान प्रहार गरिएका पाँचवटा क्षेप्यास्त्र खसालेको दाबी गरेको छ।

युद्धसँगै बढ्दो तनावबीच हर्मुज जलडमरूको आवतजावत व्यवस्थापनबारे पनि विवाद चर्किएको छ। इरानले ओमानले अघि सारेको जलमार्ग विभाजनको प्रस्ताव अस्वीकार गर्दै जलडमरूको आगमन मार्गमा पूर्ण नियन्त्रण र प्रस्थान मार्गमा आंशिक नियन्त्रण हुनुपर्ने माग राखेको छ।

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु बीच युद्धको पछिल्लो अवस्थाबारे वार्ता भएको छ। ह्वाइट हाउसका अनुसार दुई नेताबीचको छलफल 'सकारात्मक र फलदायी' रहेको थियो।