कुवेतमा मिसाइल आक्रमणमा परी ज्यान गुमाएका सोमकुमारको शव नेपाल ल्याइयो (तस्बिरहरू)

आप्रवासन आप्रवासन

 

कुवेतमा भएको मिसाइल आक्रमणमा परी ज्यान गुमाएका ४४ वर्षीय नेपाली कामदार सोमकुमार तामाङको पार्थिव शरीर आइतबार बिहान नेपाल आइपुगेको छ । तेह्रथुम जिल्ला निवासी तामाङको शव मध्यरातमा कुवेत एयरवेजको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । 

10005114301000511432

सन् २०२२ देखि खाडी राष्ट्र कुवेतमा चालकका रूपमा कार्यरत तामाङको गत बिहीबार उत्तरी कुवेतमा रहेको एक चिनियाँ कम्पनीको भवनमा इरानी मिसाइल बज्रिँदा मृत्यु भएको थियो । पश्चिम एसियामा चर्किएको द्वन्द्वमा ज्यान गुमाउने उनी दोस्रो नेपाली कामदार हुन् ।

1000511425

कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी अन्तिम संस्कारका लागि शव बुझाउन स्वदेश पठाउने प्रक्रिया पूरा गरेको थियो ।

10005114261000511427

 

10005114281000511429

 

100051143310005114341000511435

100051143310005114341000511435

 

1000511438