इस्टोनियामा विदेशी कामदार

इस्टोनियामा विदेशी कामदार भर्ती गर्न अब नयाँ नियम

आप्रवासन आप्रवासन

इस्टोनियाले विदेशी कामदार भर्ती गर्ने रोजगारदाता कम्पनीहरूका लागि नयाँ नियम ल्याएको छ । क्रिस्टन मिकल नेतृत्वको इस्टोनियाको सरकारले विदेशी कामदार भर्ना गर्ने रोजगारदाताहरूलाई निरुत्साहित गर्ने गरी नयाँ प्रावधानहरू ल्याएको हो । जस अनुसार अब इस्टोनिया सरकार मातहतको निकायमा दर्ता भएका कम्पनीलाई मात्र विदेशी कामदार भर्ना गर्न पाउने छन् ।

योसँगै रोजगारता कम्पनीले ६ महिनाको वास्तविक व्यावसायिक गतिविधि प्रमाणित गरेपछि मात्रै विदेशी कामदारलाई अस्थायी बसोबास अनुमति, टिआर दिइने छ । यस्तै, रोजगारदाताले कम्तीमा ६ महिनादेखि आफ्नो व्यवसाय सक्रिय रहेको प्रमाण समेत पेस गर्नुपर्ने छ । यसअघि एक महिनाको तलब दिन सक्ने प्रमाण पेस गरेपछि रोजगारदाता कम्पनीहरूले सहजै विदेशी कामदार भर्ना गर्न पाउँदथे ।

नयाँ प्रावधान सन् २०२६ को जनवरी १ देखि लागू हुनेछ। सरकारले नयाँ प्रावधानले इस्टोनियाको श्रम बजारलाई थप व्यवस्थित बनाउने दाबी गरेको छ । तर विदेशी कामदार भित्र्याउँदै आएका कम्पनीहरूले भने कामदार आपूर्तिको पक्रिया थप लम्बिने भन्दै सरकारको आलोचना गरेका छन् ।

पछिल्ला वर्षहरूमा इस्टोनियाको जनसङ्ख्या घट्दो छ र त्यहाँ श्रमिकको अभाव छ । जसले गर्दा विदेशी कामदार ल्याउनै पर्ने बाध्यतामा इस्टोनियाका रोजगारदाता कम्पनीहरू छन् ।