तिब्बतमा हिमताल फुटेको आशङ्का

आप्रवासन आप्रवासन

 

तिब्बततर्फ माथिल्लो क्षेत्रमा हिमताल फुटेपछि आएको बाढीका कारण भोटेकोसी नदीमा बुधबार बिहान एक्कासि जलसतह बढेको आशङ्का गरिएको छ। बाढीले रसुवाका विभिन्न क्षेत्रमा ठुलो क्षति पुर्‍याएको छ भने त्रिशूली नदी आसपासका बस्तीमा समेत जोखिम बढेको छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बाढी आएको समयमा जिल्लाको सदरमुकाम क्षेत्रमा वर्षा भएको थिएन। त्यसैले बाढी माथिल्लो क्षेत्रमा भएको कुनै प्राकृतिक घटनाका कारण आएको हुन सक्ने अनुमान गरिएको छ। प्रारम्भिक रूपमा तिब्बत क्षेत्रमा हिमताल फुटेको हुन सक्ने आशङ्का गरिएको हो।