टिमुरे र मैलुङ्ग इलाकाबाट २० विदेशीसहित १२५ जनाको हवाई उद्धार

संगम पहरी संगम पहरी

काठमाडौँ । नेपाली सेनाले रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धार गरिरहेको छ । बिहीबार बिहानदेखि नेपाली सेनाको हेलिकप्टरद्वारा अहिलेसम्म टिमुरे तथा मैलुङ्ग इलाकाबाट २० विदेशीसहित १२५ जनाको हवाई उद्धार गरिएको छ।

त्रिशूलीस्थित नेपाली सेनाको विशेषज्ञ डाक्टर अधिकृत सहितको आपतकालीन उपचार केन्द्रमा ६४ जना घाइतेहरूलाई स्वास्थ्य सेवा प्रदान गरिएको समेत सेनाले जनाएको छ । समन्वयात्मक रूपमा घाइतेहरूको जमिनि तथा हवाई उद्धार, आपतकालिन उपचार र राहत सामग्री वितरण कार्य भइरहेको सेनाले जनाएको छ ।