रसुवा विनाशकारी बाढीका कारण ज्यान गुमाउनेहरूको सङ्ख्या ४६९ पुगेको छ। गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा (NEOC) ले आज बिहान ७:३० बजे सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार ९७७ जना अझै बेपत्ता छन्।
मन्त्रालयका अनुसार फेला परेका ४६९ शवहरूमध्ये सबैभन्दा धेरै चितवनमा १७८ जनाको फेला परेकाे छ। अन्य जिल्लाको विवरण यस प्रकार छ:
चितवन: १७८ जनाविपद्मा परी ७३ जना घाइते भएका छन्, जसमध्ये रसुवामा मात्रै ४३ जना घाइते छन्। हालसम्म ३,२५३ जनाको जीवितै उद्धार गरिएको मन्त्रालयले जनाएको छ।
झन्डै एक हजार सम्पर्कविहीन
सम्पर्कविहीन रहेका ९७७ जनामध्ये विदेशी नागरिक र सुरक्षाकर्मीको सङ्ख्या पनि उल्लेख्य छ।
सम्पर्कविहीनकाे विवरण
विपद् प्रतिकार्यका लागि देशभर ९,४०५ सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाली सेनाका ४,२४३, नेपाल प्रहरीका ३,३१८ र सशस्त्र प्रहरी बलका १,८४४ जना खटिएका छन्। उद्धार कार्यका लागि नेपाली सेनाका ६ वटा र निजी क्षेत्रका ९ वटा गरी जम्मा १५ वटा हेलिकप्टर प्रयोग भइरहेका छन्।