काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिक तथा उनीहरूका परिवारका लागि वैदेशिक रोजगार बोर्डको सचिवालयले टेलिमेडिसिन र मनोसामाजिक परामर्श सेवा सञ्चालन गरेको छ।
बाढीका कारण ठूलो धनजनको क्षति भएको विषम परिस्थितिलाई ध्यानमा राख्दै विदेशमा रहेका श्रमिक तथा उनीहरूका परिवारमा उत्पन्न हुन सक्ने स्वास्थ्य समस्या, पारिवारिक चिन्ता तथा मानसिक तनावलाई सम्बोधन गर्न बोर्डले यो सेवा सुरु गरेको हो।
बोर्डका अनुसार बाढी प्रभावित श्रमिक तथा श्रमिक परिवारले फोन, WhatsApp, IMO र Viber मार्फत सेवा लिन सक्नेछन्।
टेलिमेडिसिन सेवाका लागि:
मनोसामाजिक परामर्शका लागि:
बोर्डले भोटेकोशी बाढीबाट प्रभावित श्रमिक तथा उनीहरूका परिवारलाई आवश्यक परेमा उपलब्ध नम्बरमा सम्पर्क गरी स्वास्थ्यसम्बन्धी परामर्श तथा मनोसामाजिक सहयोग लिन आग्रह गरेको छ।
विशेषगरी विदेशमा रहेका श्रमिकले बाढीका कारण परिवारको अवस्था, सुरक्षा र क्षतिबारे चिन्तित भएको अवस्थामा मनोसामाजिक परामर्श लिन सक्नेछन्।
