नेपाल–चीन सीमावर्ती क्षेत्र तिब्बततर्फ पहिरोका कारण थुनिएको कृत्रिम ताल पुनः फुटेपछि सुरु भएको बाढी स्याफ्रुबेँसी आइपुगेको छ ।
यस बाढीको असर त्रिशूली नदीतटीय क्षेत्र मुग्लिनसम्म पर्न सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
चीनको जिरोङ नाकाभन्दा माथिल्लो क्षेत्रमा बनेको ड्याम फुटेर पानीको ठुलो बहाव नेपालतर्फ बग्न थालेको हो ।
यसअघि प्रहरीले एक आपत्कालीन चेतावनी जारी गर्दै भोटेकोशी र त्रिशूली नदी किनार र जोखिमपूर्ण क्षेत्रमा रहेका सबैलाई तत्काल सुरक्षित स्थानमा जान अनुरोध गरेको थियो ।
यही भदौ १० गतेको भीषण बाढीपश्चात् तिब्बतमा ल्हेन्दे खोला थुनिएर बनेको ताल फुटेर पानी बग्न थालेपछि दोस्रो चरणको बाढीको त्रास बढेको हो ।