चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्टद्वारा २७ टन राहत सामग्री हस्तान्तरण

आप्रवासन आप्रवासन

 'चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट'ले पठाएको ६ हजार वटा मेडिकल शव व्यवस्थापन झोला (मेडिकल बडी ब्याग) सहितको पहिलो खेप राहत सामग्री बिहीबार काठमाडौँ आइपुगेको छ। 

चाइना साउदर्न एयरलाइन्सको पूर्ण सहयोगमा ती राहत सामग्री नेपाल ल्याइएको हो।

चिनियाँ मनकारी व्यवसायी तथा व्यक्तिहरूले दान गरेका यी सामग्रीमा १७५ वटा टेन्ट, १ हजार वटा सिरक, १ हजार वटा ज्याकेट, १ हजार वटा आपत्कालीन मानवीय राहत बाकस र ६ हजार वटा शव व्यवस्थापन झोला छन्। कुल २७ टन वजन रहेका यी सामग्रीको मूल्य १० लाख युआनभन्दा बढी रहेको छ।

सामग्री आइपुगेसँगै फाउन्डेसनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) को निर्देशन अनुसार सामग्रीहरू रसुवाका बाढी प्रभावित क्षेत्रमा पठाउनेछ। यसले प्रभावित बासिन्दाका लागि गाँस, बास र कपासको आधारभूत व्यवस्था गर्न सघाउनेछ। साथै स्थानीय उद्धार तथा आपत्कालीन टोलीलाई मृतकका शवहरूको सुरक्षित, उचित र मर्यादित व्यवस्थापनमा सहयोग पुर्‍याउनेछ।