दक्षिण कोरियाको मोक्पोमा नेपाली लक्षित पासपोर्ट घुम्ती शिविर हुने भएको छ । कोरियाको सिओलस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै अगामी जुन २२ मा पासपोर्टजन्य सेवाका लागि शिविर हुने जनाएको हो ।
शिविरमा श्रमिक सचेतनासँगै मानसिक स्वास्थ्य परामर्श समेत उपलब्ध हुने दूतावासले जनाएको छ । पासपोर्ट नवीकरण वा नयाँ बनाउनुपरेमा तोकिएको शुल्क बाहेक अन्य शुल्क नलाग्ने सचेत गराइएको छ । शुल्क अनलाइन माध्यमबाट मात्रै भुक्तानी हुने समेत जनाइएको छ ।
पासपोर्ट सेवाका पुरानो पासपोर्ट वा सोको फोटोकपी, नेपाली नागरिकताको फोटोकपी र सक्कल रेसिडेन्स कार्ड आवश्यक पर्ने छ । यसै गरी थुगं बापत ३ हजार वन शुल्क लाग्ने छ ।
थप जानकारीका लागि दूतावासका सम्पर्क व्यक्तिहरू भूपेन्द्र फागो ०१०२१३९८९०६, नवीन गैरे ०१०७२३७८८८६ मा सम्पर्क गर्न सकिने दूतावासले भनेको छ ।