काठमाडौँ । नेपालगन्जबाट डोल्पाका जुफाल एयरपोर्ट उडेको सिता एयर दुर्घटना भएको छ ।
१३ जना यात्रु बोकेर गएको सानो विमानको पछाडिको दायाँतर्फको टायर फुस्केपछि धावनमार्गमै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।
डीएसपी अनिल गिरीका अनुसार सबै यात्रु सकुशल छन् भने धावनमार्गमा मर्मत भइरहेको छ ।
नाइ–एन–एजेएच कलसाइन रहेको जहाज आज बिहान ८ बजेर २५ मिनेटको समयमा दुर्घटना भएको हो । विमानमा सात जना विदेशी नागरिकसमेत थिए ।
जहाज धावनमार्गमै रोकिएपछि अन्य जहाज अवतरण गर्न सकेका छैनन् । जुफालकाे उडान अवरुद्ध छ ।