म्यानमारको मेवाडीमा बाध्यकारी श्रममा फसेका ७ जना नेपालीको उद्धार भएको छ । उनीहरूलाई दलालमार्फत अनलाइन स्क्यामिङमा लगाइएको थियो ।
बैंककस्थित नेपाली दूतावासले उनीहरुलाई थाइल्याण्ड सरकारको सहकार्यमा म्यानमारको मेसोडबाट उद्धार गरि असार ११ गते नेपाल ल्याइएको हो ।
उनीहरूलाई टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्यान्ड ल्याइएको थियो ।
नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो, धेरै पैसा कमाउने हेतु कम्बोडिया लाओस, म्यानमार र थाइल्यान्डलगायत वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावास सम्बन्धित सबैमा पुनः अनुरोध गर्दछ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।