दक्षिण कोरियामा रहेका नेपाली नागरिकहरूका लागि पासपोर्ट घुम्ती शिविर सञ्चालन हुने भएको छ ।
दक्षिण कोरियास्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै यही जुन २९ तारिखमा छेबुदो क्षेत्र Cheongju मा घुम्ती शिविर आयोजना गर्न लागेको जानकारी दिएको हो ।
शिविरमा राहदानी सेवाका अतिरिक्त श्रमिक समस्यासम्बन्धी जानकारी तथा आवश्यक परामर्श पनि प्रदान गरिनेछ ।
सूचनामा भनिएअनुसार राहदानी तथा कन्सुलर सेवाका लागि तोकिएको सरकारी दस्तुर बाहेक अन्य कुनै शुल्क नलाग्ने जनाइएको छ ।
सेवा लिन चाहनेले अनिवार्य रूपमा अनलाइन फारम भरी प्राप्त QR कोड सहित सम्पर्क व्यक्तिलाई जानकारी दिनुपर्नेछ ।
पासपोर्ट नविकरणका लागि आवश्यक कागजातहरु:
१. पुरानो राहदानी र त्यसको प्रतिलिपि (Front र Back Page दुबै)
२. नागरिकताको प्रतिलिपि (Front र Back Page दुबै)
३. रेसिडेन्स प्रमाणपत्र र
४. दस्तुर वापत ३००० वोन नगद आवश्यक पर्ने छ ।
थप जानकारीका लागि हरी प्रसाद खनाल, अध्यक्ष, नेपाली सम्पर्क समिति
फोन: ०१०–७१५७–०२९० वा दुतावासमा सम्पर्क गर्न सकिने छ ।