जापानका प्रस्तावित राजदूत थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समिति बैठक आह्वान

आप्रवासन आप्रवासन

काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समिति  बैठक आह्वान भएको छ । सोमबार दिउँसो ३ बजे सिंहदरबारमा बस्ने बैठकमा प्रस्तावित राजदूत थापाबारे निर्णय लिइने समितिले जनाएको छ । 

यसअघि असोज २८ गते भएको सुनुवाइमा प्रस्तावित राजदूत थापाको जापानको स्थायी बसोबास अनुमति पत्र रहेको भन्दै समिति सदस्य सांसदहरूले प्रश्न उठाएपछि रोकिएको थियो । 

सुनुवाइका क्रममा प्रस्तावित राजदूत थापाले जापानको पीआर त्यागिसकेको स्पष्टीकरण दिए पनि सांसदहरूले संविधानको धारा २९१ को व्यवस्था र पीआर त्यागेको अवधिको विषयमा प्रश्न उठाएका थिए ।

यसबारे स्पष्ट हुन भनेर संसदीय समितिले परराष्ट्र मन्त्रालयमार्फत जापान सरकारसँगै विवरण मागे पनि त्यसको जवाफ आइसकेको छैन । 

जवाफ प्राप्त नभएको अवस्थामै आज सुनुवाइ समितिको बैठक बस्न लागेको हो ।