जर्मनीमा न्यूनतम तलब

जर्मनीमा न्यूनतम तलब बढ्ने

आप्रवासन आप्रवासन

जर्मनीमा न्यूनतम तलब बिस्तारै बढाएर सन् २०२७ सम्ममा प्रति घण्टा १४.६० युरो पुर्‍याइने भएको छ। हालको न्यूनतम तलब १२.८२ युरो रहेको छ ।

श्रम बजारसम्बन्धी आयोगले गरेको प्रस्ताव अनुसार तलब २०२६ को जनवरीमा पहिलो चरणमा १३.९० युरो पुर्‍याइने र त्यसपछि २०२७ मा १४.६० युरो जनाइएको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयर्टसका अनुसार सरकारद्वारा नियुक्त रोजगारदाता र श्रमिक युनियन प्रतिनिधिहरूको संयुक्त आयोगले दिएको सिफारिसलाई श्रम मन्त्रालयले कानुनी रूपमा कार्यान्वयनमा ल्याउने योजना सार्वजनिक गरेको हो ।

श्रम मन्त्री बैरबेल बासले यो निर्णय सामाजिक साझेदारीको सफल उदाहरण भएको भन्दै आगामी वर्षदेखि कानुनी रूपमा बाध्यकारी बनाउन आग्रह गरेकी छन् ।

नयाँ दर लागू भएपछि न्यूनतम तलबमा पूर्णकालीन फुल–टाइम रूपमा काम गर्ने व्यक्तिको मासिक आम्दानी झन्डै २,५०० युरो पुग्नेछ।

यससँगै जर्मनी युरोपेली सङ्घ भित्र लक्जम्बर्गपछि दोस्रो उच्च न्यूनतम तलब भएको मुलुक बन्नेछ ।

जसबाट जर्मनीमा रहेका नेपालीहरू समेत लाभान्वित हुने छन् ।