साउदी अरबको नेतृत्वमा रहेको सैन्य गठबन्धनले यमनका हुथी विद्रोहीहरूले शनिबार साउदी अरब लक्षित गरी प्रहार गरेका दुईवटा ड्रोनलाई आकाशमै नष्ट गरिदिएको दाबी गरेको छ ।
गठबन्धनका अनुसार ती ड्रोनहरू साउदी अरबको राजधानी रियाद र देशको दक्षिणी भूभागतर्फ लक्षित गरेर पठाइएका थिए ।
साउदी अरब नेतृत्वको गठबन्धनले यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारलाई समर्थन गर्दै आएको छ । अर्कोतर्फ, यमनको राजधानी सानामा हुथी विद्रोहीहरूको नियन्त्रण रहेको छ र उनीहरूलाई इरानको समर्थन प्राप्त छ ।
अमेरिका र इजरायलको इरानविरुद्धको द्वन्द्वका बिच साउदी नेतृत्वको गठबन्धन र हुथी विद्रोहीहरूबिचको सङ्घर्ष थप चर्किएको छ। पछिल्लो यस घटनाक्रमले यस क्षेत्रमा जारी द्वन्द्वमा अर्को नयाँ मोर्चा थपिदिएको छ ।