अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीको गोप्य सञ्चार सञ्जाल अवरुद्ध

आप्रवासन आप्रवासन

अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) ले आन्तरिक सञ्चारका लागि प्रयोग गर्दै आएको अत्यन्त गोप्य सञ्जाल ‘एनएसएनेट’ अवरुद्ध भएको छ । एनएसएनेटमार्फत एजेन्सीका कर्मचारीहरूले गोप्य सूचनाहरू आदानप्रदान गर्दै आएका छन् । सञ्जाल अवरुद्ध भएपछि एजेन्सीले कर्मचारीलाई चरणबद्ध रूपमा कार्यालय बोलाएको थियो । मंगलबार साँझ भने नियमित कार्यतालिका लागू गरिएको थियो । यद्यपि, सञ्जाल पूर्ण रूपमा पुनः सञ्चालनमा आइसकेको थिएन ।

अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशक जे क्लेटनका अनुसार गत महिना पत्ता लागेका सफ्टवेयरका गम्भीर सुरक्षा कमजोरी समाधान गर्न गरिएको अपडेटका कारण समस्या उत्पन्न भएको हो । वेबसाइट सञ्चालनमा व्यापक प्रयोग हुने प्रोग्रामिङ भाषा ‘पीएचपी’मा रहेका कमजोरी समाधान गर्न सफ्टवेयर प्याच गर्दा केही प्रणाली पुनः सञ्चालन हुन नसकेको उनले बताएका छन् ।

नएसएले भने नियमित मर्मतसम्भारका क्रममा केही आन्तरिक प्रणाली अस्थायी रूपमा प्रभावित भएको स्वीकार गरेको छ । तर राष्ट्रिय सुरक्षासँग सम्बन्धित महत्त्वपूर्ण काम र प्रतिरक्षा क्षमता पूर्ण रूपमा सञ्चालनमा रहेको उसको दाबी छ ।

अधिकारीहरूका अनुसार यो घटनामा साइबर आक्रमण भएको कुनै प्रमाण भेटिएको छैन । वैकल्पिक सञ्चार सञ्जाल र अन्य सुरक्षा व्यवस्थाका कारण राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अत्यावश्यक गुप्तचर सूचना पठाउन पनि अवरोध नहुने बताइएको छ । एनएसएनेट अवरुद्ध भए पनि अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया र न्युजिल्यान्ड सम्मिलित ‘फाइभ आइज’ गुप्तचर सूचना आदानप्रदान प्रणाली भने प्रभावित भएको छैन ।

यसअघि अमेरिकी उड्डयन प्रणाली, माइक्रोसफ्टका सेवा र बैंकिङ प्रणालीमा समेत प्राविधिक समस्या देखिएका थिए । लगातार भइरहेका यस्ता प्राविधिक अवरोध