इरानमा बस पल्टिँदा १३ जनाको मृत्यु, १४ घाइते

आप्रवासन आप्रवासन

इरानको इलाम प्रान्तमा यात्रुवाहक बस पल्टिँदा १३ जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन् ।

शनिबार साँझ भएको यस दुर्घटनामा दहलरानस्थित एनजीएल परिसरमा कार्यरत ‘ओइको’ कम्पनीको अपरेसन विभागको सिफ्टमा काम गर्ने कर्मचारीहरू सवार थिए।  घाइतेहरूलाई उपचारका लागि आबदानानस्थित अस्पतालमा भर्ना गरिएको छ ।

इरानको ट्राफिक प्रहरीले दुर्घटनामा १३ जनाको ज्यान गएको र १४ जना घाइते भएको पुष्टि गरेको छ। एक अधिकारीका अनुसार दुर्घटनाको कारण २४ घण्टाभित्र सार्वजनिक गरिनेछ ।

यसैबिच, बीबीसी पर्सियनका अनुसार दुर्घटनापछि सरकारी अधिकारीहरूको लापरबाहीको विरोध गर्दै आबदानानमा सर्वसाधारणहरू भेला भएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो तथा रिपोर्टहरूमा दुर्घटना लगत्तै आक्रोशित मानिसहरूले अस्पताल बाहिर विरोध प्रदर्शन गरिरहेको देखिएको छ ।