इटालीले आगामी ३ वर्षभित्रमा ५ लाख आप्रवासी कामदार भित्र्याउने भएको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार इटालीको मन्त्रिपरिषद्ले सोमबार मात्रै यस बारेमा निर्णय लिएको हो ।
जस अनुसार आउँदो सन् २०२६ देखि २०२८ सम्ममा युरोपेली सङ्घभन्दा बाहिरका ४ लाख ९७ हजार ५५० कामदारलाई वर्किङ भिसा जारी गरिने छ ।
इटालीको सरकारले बढ्दो श्रम अभावलाई सम्बोधन गर्न आप्रवासी कामदार भित्र्याउन खोजेको हो ।
योजना अनुरूप सन् २०२६ मा १ लाख ६४ हजार ८५० आप्रवासीलाई वर्किङ भिसा दिइनेछ।
हाल इटालीमा आप्रवासीप्रति कठोर मानिएकी प्रधानमन्त्री जर्जिया मेलोनीको सरकार छ ।
करिब ३ वर्षअघि सत्तामा आएपछि अवैध आप्रवासीप्रति मेलोनीको सरकारले कडा रवैया अपनाएको छ ।
तर इटालीको बढ्दो वृद्ध जनसङ्ख्या र घट्दो जन्मदरका कारण अर्थतन्त्र टिकाइरहन आप्रवासी कामदारको आवश्यकता टड्कारो भएको हो । इ
टाली युरो क्षेत्रको तेस्रो ठुलो अर्थतन्त्र भएको देश हो ।
सरकारको पछिल्लो निर्णयसँगै नेपाली कामदारलाई समेत इटालीको रोजगारी खुला हुने अपेक्षा छ ।