गत आर्थिक वर्षमा ८ लाख बढी नेपाली युवा वैदेशिक रोजगारीका लागि गएका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ८ लाख ३९ हजार २६६ युवा काम खोज्दै विदेशिएका हुन् ।
यसरी विदेशिनेमा ७ लाख ४४ हजार ८११ पुरुष र ९४ हजार ४५५ महिला छन् ।
गत वर्ष कामका लागि सबैभन्दा धेरै नेपाली युएई पुगेका छन् ।
युएईको जानेको संख्या २ लाख ७४ हजार ५९० छ ।
त्यसपछि अधिक नेपालीको रोजगार गन्तव्य साउदी अरब बनेको छ ।
साउदी जाने नेपालीको संख्या १ लाख ५२ हजार ५५७ छ ।
यस्तै, १ लाख ४० हजार ७९२ नेपालीहरु कतार गएका छन् ।
५९ हजार ६५ जना नेपाली कुवेत पुगेका छन् ।
युरोपतर्फ सबैभन्दा धेरै नेपालीको रोजाइ रोमानिया देखिएको छ ।
गत आर्थिक वर्ष २७ हजार ८७४ नेपाली रोमानिया गएका छन् ।
रोमानिया पछि युरोपतर्फ क्रोएसिया जाने नेपालीको संख्या अधिक छ ।
यस्तै, जापान जानेको संख्या २३ हजार ७१ र दक्षिण कोरिया जानेको संख्या १४ हजार २२४ छ ।
विभागका अनुसार गत वर्ष कामका लागि नेपालीहरु वैध तरिकाबाट १५१ वटा देशमा पुगेका छन् ।
जसमा द्धन्द्धग्रस्त अफ्रिकी मुलुक इथियोपियादेखि ल्याटिन अमेरिकी देश कोलम्बियासम्म सम्म छ ।