श्रम सम्झौताका लागि प्रस्ताव

१२ मुलुकसँग श्रम सम्झौताका लागि प्रस्ताव

आप्रवासन आप्रवासन

सरकारले १२ वटा मुलुकसँग श्रम सम्झौताका लागि प्रस्ताव पठाएको छ ।

आर्थिक वर्ष २०८१/८२ को प्रगति विवरण सार्वजनिक गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १२ वटा मुलुकसँग श्रम सम्झौताका लागि प्रस्ताव पठाइएको जनाएको हो ।

मन्त्रालयले अल्बानिया, अस्ट्रिया, टर्की, माल्टा, माल्दिभ्स र सर्बियालाई श्रम सम्झौताका लागि प्रस्ताव गरेको हो ।

यस्तै, लक्जेमबर्ग, ब्रुनाई, पोल्यान्ड, बोस्निया एन्ड हर्जगोभिना, क्रोएसिया र बेल्जियमसँग पनि श्रम सम्झौताको प्रस्ताव गरिएको छ ।

मन्त्रालयले कुवेत, मौरिसस, मलेसिया, दक्षिण कोरिया र कतारसँग श्रम सम्झौता नवीकरणको प्रक्रियामा रहेको बताएको छ ।

मन्त्रालयले साउदी अरबसँग द्विपक्षीय श्रम सम्झौताको अन्तिम मस्यौदा तयार भइसकेको समेत उल्लेख गरेको छ ।

साउदी अरबसँग चाँडै नै समझदारी पत्रमा हस्ताक्षर हुने मन्त्रालयको दाबी छ ।

गत आर्थिक वर्षमा मात्रै ८ लाख ३९ हजार नेपाली युवा वैदेशिक रोजगारीका लागि १५१ वटा देश पुगेका छन् ।

तर हालसम्म तीमध्ये जम्मा १० वटा मुलुकसँग मात्र द्विपक्षीय श्रम सम्झौता भएको छ ।