मलेसियामा नेपाली बेपत्ता

रोजगारीका लागि मलेसिया पुगेका एक नेपाली ४ वर्षदेखि बेपत्ता

आप्रवासन आप्रवासन

वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक नेपाली ४ वर्षदेखि बेपत्ता भएका छन् ।

मलेसियास्थित नेपाली दूतावासका अनुसार २०६९ साल फागुन २६ गते मलेसिया पुगेका खोटाङका मनोज निरौला (रमेश) सम्पर्कविहीन भएका हुन् ।

खोटाङको बराहा पोखरी गाउँपालिका वडा नं- ३, साबिक साउने चौर वडा नं-७ घर भएका मनोज  २०७८ साल असोज २४ गतेदेखि परिवार तथा आफन्तसँग सम्पर्कमा छैनन्।

मनोजका बुवा गंगा प्रसाद निरौलाले मलेसियास्थित नेपाली दूतावासमा निवेदन दिँदै छोराको खोजी तथा नेपाल फर्काउन पहल गरिदिन अपिल गरेका छन्। 

मनोजको अवस्थाबारे अत्तोपत्तो नपाउँदा परिवारजनमा चिन्ता बढेको छ।

परिवारका अनुसार मनोजले सुरुवाती केही वर्ष घरमा फोन सम्पर्क गरिराखिरहेका थिए, तर पछिल्ला वर्षहरूमा उनी सम्पर्कविहीन हुन पुगेका हुन्।

हालसम्म पनि कुनै जानकारी नआएपछि परिवारले सार्वजनिक रूपमा खोजी अपिल गरेको हो।

परिवारले मनोजको अवस्थाबारे कुनै जानकारी भएका वा उनलाई देखेका व्यक्ति वा संस्थाले निम्न नम्बरहरूमा तत्काल सम्पर्क गर्न आग्रह गरेको छ ।

गंगा प्रसाद निरौला (बुवा) - ९८६९०४४०६३०

लक्ष्मण निरौला (परिवार) - ९८४२१२४९४९०