भिजिट भिसाको सेटिङ गरेर भारत हुँदै कुवेत जान लागेका ४७ जना नेपाली महिलालाई नेपाल फर्काइएको छ।
नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका उनीहरूलाई नेपाल फर्काइएको हो।
उनीहरू दिल्ली विमानस्थलबाट एनओसीबिनै कुवेत जान लागेको पाइएको थियो ।
दिल्लीस्थित नेपाली दूतावासको समन्वयमा नियन्त्रणमा लिई स्थल मार्ग हुँदै बिहीबार राति नै उनीहरूलाई रुपन्देही पुर्याइएको छ।
त्यसरी फर्काइनेमा २२ वर्षदेखि ३२ वर्षका छन् ।
उनीहरूलाई आज काठमाडौँ ल्याइ मानव बेचबिखन ब्युरोको जिम्मा लगाउने तयारी छ।
गृहमन्त्री रमेश लेखकले पक्राउ परेका महिलाहरूको विषयमा आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरीलाई निर्देशन दिएका छन्।