म्यानपावर निलम्बित

वर्षमा १०० श्रमिक पठाउन नसक्ने ३५० म्यानपावर निलम्बित

आप्रवासन आप्रवासन

गत आर्थिक वर्षमा एक सय जना श्रमिक विदेश पठाउन नसक्ने ३५० वटा म्यानपावर निलम्बनमा परेका छन् ।

वैदेशिक रोजगार विभागले  वैदेशिक रोजगार ऐन–२०६४ अनुरूप ती म्यानपावरहरूलाई निलम्बन गरिएको जनाएको हो

सरकारले बाधा अड्काउ फुकाएर नयाँ व्यवस्था नगरेसम्म निलम्बन नहट्ने विभागले उल्लेख गरेको छ

गत आर्थिक वर्षमा १ हजार ६८७ वटा म्यानपावर कम्पनीले इजाजत पत्र लिएका थिए

त्यसमध्ये ७२५ वटाले श्रमिक विदेश पठाउँदै आएका छन्

तर तीमध्ये पनि ३५० वटा म्यानपावरले वर्षमा एक सय श्रमिक वैदेशिक रोजगारीमा पठाउन सकेनन् ।

ऐनले हरेक आर्थिक वर्षको असार मसान्तसम्म कम्तीमा सय जना श्रमिक पठाउनै पर्ने व्यवस्था गरेको छ

त्यसो गर्न असफल हुने म्यानपावर खारेज हुन सक्छन् ।

तर विभागले त्यस्ता म्यानपावर खारेज भने गरेको छैन ।

सरकारले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ मार्फत वैदेशिक रोजगार ऐनको सो व्यवस्था हटाएको छ ।

यो विधेयक प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित समेत भइसकेको छ ।

यद्यपि, राष्ट्रपतिबाट प्रमाणित हुन बाँकी रहेकाले कानुनको रूप भने लिइसकेको छैन ।

जसले गर्दा विभागले त्यस्ता म्यानपावरहरू खारेज नगरेको हो ।

अब त्यस्ता म्यानपावरहरूको अस्तित्व जोगाइराख्न सरकारले बाधा अड्काउ फुकुवा प्रयोग गरेर नवीकरण गर्नुपर्ने हुन्छ ।