वैदेशिक रोजगारीको बहानामा ठगी

विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा ४ जना पक्राउ

आप्रवासन आप्रवासन

आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परेका छन् ।

पीडितहरुको उजुरीको आधारमा प्रहरीले काठमाडौँ महानगरपालिका१३ बस्ने २६ वर्षीय अक्षय श्रेष्ठ, बुढानीलकण्ठ नगरपालिका१० बस्ने काठमाडौँ महानगरपालिका३१ घर भएका २४ वर्षीय सुसान चुडाल, काठमाडौँ महानगरपालिका१४ बस्ने सुर्खेत सिम्ता गाउँपालिका१ घर भएका ३० वर्षीय प्रदीप हमाल र काठमाडौँ महानगरपालिका३१ बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका६ घर भएका ३६ वर्षीया मञ्जु दाहाललाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमध्ये अक्षयमाथि युके पठाइदिन्छु भन्दै ३ जना पीडितबाट २७ लाख २९ हजार रुपैयाँ, सुसानमाथि बोस्निया र हर्जगोभिना पठाइदिन्छु भन्दै ६ जना पीडितबाट ३६ लाख ६३ हजार रुपैयाँ, प्रदिपमाथि अजरबैजान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख २० हजार रुपैयाँ र मञ्जुमाथि अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ४० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको आरोप छ ।

पीडितहरूको सोही उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई काठमाडौँबाट पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये अक्षयलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ भने सुसान, प्रदीप र मञ्जुलाई वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।